सिभिल बैंकका अध्यक्ष पाण्डेले लिए शपथ
मकालु खबर
२०७८ मंसिर २० गते
काठमाडौं । सिभिल बैंक लिमिटेडको सञ्चालक समितिको बैठकबाट नवनियुक्त अध्यक्ष संचालक प्रताप जङ्ग पाण्डेलाई सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको शपथ गराएका छन् ।
अध्यक्ष प्रताप जङ्ग पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरुको पालना गर्दै संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखि कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरूमा अझ सशक्त रुपमा अगाडि बढाउँदै लग्नुका साथै डिजिटल लाइजेसनमा नेपालको सवल बैंक बन्ने गरी कार्यहरू प्रारम्भ भइसकेको अवस्था रहेको तथा यसलाई थप प्रभावकारी बनाई अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।
मकालु खबर
२०७८ मंसिर २० गते
प्रतिक्रिया
सम्बन्धित