४ कांग्रेस नेताबीच छलफल

काठमाडौँ । १४औं महाधिवेशन नजिकिएसँगै कांग्रेस नेताहरू छलफलमा जुटेका छन् । संस्थापनइतर पक्षका नेताहरू महाधिवेशनकेन्द्रित छलफलमा जुटेका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइराला छलफलमा जुटेका छन् । उनीहरूबीच प्रदेश महाधिवेशन समीक्षा र केन्द्रीय महाधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल भइरहेकाे हाे ।

पौडेलनिवास बोहराटारमा भइरहेकाे छलफलमा आफूहरूकाे तर्फबाट केन्द्रीय सभापतिकाे साझा उम्मेदवार बनाउने विषयमा समेत छलफल भएको छ । कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ बाट काठमाडौँमा शुरू हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *