करार प्राध्यापकलाई स्थायी नगरियोस् : पाँच पूर्वउपकुलपति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पाँच पूर्वउपकुलपतिहरूले करारका प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय बदर गर्न माग गरेका छन् ।

पूर्वउपकुलपतिहरू केदारभक्त माथेमा, नविनप्रकाशजंग थाहा, महेशकुमार उपाध्याय, कमलकृष्ण जोशी र हिराबहादुर महर्जनले सोमबार संयुक्त विज्ञप्ति जारी गरी त्रिवि सभाको बैठकले यो निर्णय गर्नु दुर्भाग्यपूर्ण भएको भन्दै उक्त आत्मघाती निर्णय कार्यान्वयन नगर्न माग गरेका हुन् ।

दश वर्षदेखि कार्यरत ४८० करार प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न त्रिविको नियम संशोधन गर्ने निर्णय आत्मघाती भएको भन्दै पूर्वउपकूलपतिहरूले त्रिविको विशेष सभा बोलाएर उक्त निर्णय बदर गर्नुपर्ने जनाएका हुन् ।

त्रिवि सभाको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा १० वर्षदेखि कार्यरत ४ सय ८० करार प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न त्रिविको नियम संशोधन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *