एनआईबिएल एस क्यापिटलद्वारा च्याटबोट सेवा सञ्चालन

काठमाडौँ । नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गर्दै च्याटबोट सेवा सञ्चालन गरेको छ ।

समय अनुसार प्रविधिमा आएको परिवर्तन एवं ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखी च्याटबोट सेवा ल्याइएको क्यापिटलले बताएको छ ।

यस च्याटबोट सेवाबाट ग्राहकहरूले कम्पनीको सेवाहरूको बारेमा सजिलैसँग जानकारी लिन सक्नुका साथै भौतिक उपस्थितिबिना नै सेवा लिन सहज हुन सक्ने कुरामा एनआईबिएल एस क्यापिटल लिमिटेड विश्वस्त रहेको बताएको छ ।

परिष्कृत सेवा सुविधा प्रदान गर्न तथा प्रविधिमैत्री बनाउनका लागि च्याट बोटमा आर्टिफिसियल इन्टेलिजेन्स समेतको प्रयोगले ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा दिन सक्ने किसिमले विकास गरिएको क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *