ओलीलाई वकिलहरूको आग्रह : प्रधान न्यायाधीशलाई महाभियोग लगाउन सहयोग गर्नुस्

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेको वकिलहरूको टोलीले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन सहयोग गर्न आग्रह गरेका छ ।

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान न्यायाधीश जबराले न्यायालयको गरिमा कायम राख्न नसकेको, न्याय प्रशासनको नेतृत्व गर्न नसकेको र स्वच्छ न्याय पनि दिन नसकेकाले उनको बहिर्गमन आवश्यक रहेको बताएका छन् । उनले भनेका छन्, ‘हामीले अन्य दलहरूसँग पनि भेटेर अनुरोध गर्‍याैँ । उहाँहरूले न्यायालयको समस्या न्यायालयभित्रैबाट सल्भ होस् भन्नुभयो । तर यो समस्या न्यायालयभित्रैबाट सल्भ हुनसक्ने अवस्था छैन । उहाँले म जसरी नियुक्त भएँ, त्यसरी नै जान्छु भन्नुहुन्छ, लिसोजस्तो टाँसिएको टाँसियै हुनुहुन्छ । या त उहाँले राजीनामा दिनुपर्‍याे, कि त महाभियोग लगाउनुपर्‍याे । उहाँको हातमा सबै दलीय व्यवस्था रहनु उचित हो ? निकासको लागि गम्भीरतापूर्वक विचार होस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *