सहमति नजिक छौँ, भाेलि बेलुकासम्म उम्मेदवार तय गर्छाैँ : पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार बेलुकासम्म संस्थापनइतर पक्षबाट एकजना साझा उमेदवार टुङ्गाे लगाउने बताएका छन् । साझा उम्मेदवार तय गर्न मंगलबार पनि बसेको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि नेता पाैडेलले बुधबार बेलुकासम्ममा उम्मेदवार टुङ्ग्याउने दाबी गरे ।

बैठकपछि उनले भने, ‘भोलि बेलुकासम्म हामीले साझा उमेदवार तोक्छौँ ।’ यसलाई पुष्ट्याइँ गर्दै उनले थपे, ‘सहमतिको निकै नजिक पुगेका छौँ । केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ । सबै दृष्टिकोणबाट छलफल गर्‍यौँ,  केही प्रक्रिया पूरा गरेर भोलि टुङ्गाे लगाउछौँ ।’

साझा उम्मेदवार तय गर्न बुधबार बिहान फेरि नेताहरूको बैठक बस्ने नेताहरूले बताएका छन् । संस्थापनइतर पक्षबाट सबै मिलेर साझा उम्मेदवार तय नगरि देउवालाई हराउन नसकिने निष्कर्ष यो समूहका नेताहरूले निकालेका छन् ।

पार्टीका महामन्त्रीसमेत रहेका सभापतिकाे दाबेदार नेता शंशाक काेइरालाले भने आफ्नाे दाबी छाडेका छन् । बहालवाला सभापति शेरबहादुर देउवालाई पराजित गर्ने भन्दै नेता काेइरालाले आफ्नाे दाबी छाडेका हुन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *