तीन जनाबीच सकारात्मक कुरा भइरहेको छ, सहमति हुन्छ : शशांक

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभापति कसलाई बनाउने भन्नेबारेमा सकारात्मक छलफल भइरहेकाले सहमति हुने बताएका छन् । नेता प्रकाशमान सिंहनिवास चाक्सीबारीमा भएको छलफलपछि महामन्त्री कोइरालाले भने आफूले दाबी छोडेको र बाँकी तीन जनालाई मिलेर आए आफूलाई आपत्ति नरहेको बताए ।

बाँकी तीन जनामध्येबाट सभापतिको एक मात्र उम्मेदवार बन्नेमा आफू विश्वस्त पनि उनले बताए । ‘उहाँहरू तीनजनामध्ये एकजना बन्नुहुन्छ सभापतिकाे उम्मेदवार । सहमित हुन्छ । यसमा म विश्वस्त पनि छु,’ उनले भनेका छन् ।

बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यसपटक सभापतिमा उठ्न आफ्नो नाममा सहमति गर्न आफू पक्षका नेताहरूलाई आग्रह गरेका उनले जानकारी दिए । नेता पाैडेलले आफ्नो यसपटक अन्तिम मौका रहेको र यति लामो समयसम्म पार्टीमा काम गरेकाले अन्तिम मौका दिन नेताहरूलाई आग्रह गरेका थिए । ‘उहाँले चुनाव जितेमा एक डेढ वर्षमा छाेड्छु पनि भन्नुभयाे,’ काेइरालाले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *