कांग्रेसले सार्वजनिक गर्‍यो ४,३१९ प्रतिनिधिको सूची (नामावलीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले मंगलबार साँझ सूची पार्टीको वेबसाइटमा प्रकाशित गरेको हो ।

अहिलेसम्म ४,३१९ महाधिवेशन प्रतिनिधिहरूको नामसहित सूची सार्वजनिक गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यसचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो सूचीमा अझै थप हुनेछ ।

सूचीमा भातृ संस्था, शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबाट आउने महाधिवेशन प्रतिनिधिहरूको सङ्ख्या उल्लेख नगरिएको सदस्यसचिव श्रेष्ठले बताए । ‘हामीले प्रारम्भिक सूची सार्वजनिक गरेका हौँ,’ उनले भने, ‘यसमा भातृ, शुभेच्छुक, जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूको सङ्ख्या समावेश गर्न बाँकी छ ।’

यस्तो प्रारम्भिक सूची :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *