कांग्रेसले पारित गर्‍याे ४ प्रस्ताव

काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितकाे बैठकले तीन प्रतिवेदन पारित गरेको छ । बैठकले लेखा प्रतिवेदन र नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पारित गरेको हो ।

अर्को एउटा प्रस्तावलाई भने अनुमोदन गरेको छ । पार्टीको वडादेखि प्रदेश अधिवेशनसम्म आइपुग्दा केन्द्रीय समितिले विधानलाई निलम्बन गरेका र केही थपघट गरेका व्यवस्थाहरू अनुमाेदन गरेकाे प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

यद्यपि उक्त प्रस्ताव महाधिवेशनको बन्दसत्रमा प्रस्तुत हुनेछ । कांग्रेससँग हालसम्म १० करोड हाराहारी मौज्दात रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *