कांग्रेसमा पदाधिकारी नथपिने, केन्द्रीय समितिमा प्रस्ताव नै गएन

काठमाडौँ । नेपाली कांग्रेसले पदाधिकारी नथप्ने भएको छ । यसअघि पदाधिकारी थप्ने भनिएकोमा केन्द्रीय समिति बैठकमा उक्त प्रस्ताब नै नआएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनकाअनुसार केन्द्रीय समिति समेत विधानले व्यवस्था गरेअनुसार मात्रै हुनेछ । सभापति तथा प्रधान मन्त्री शेरबहादुर देउवाले २ सहमहामन्त्री थप्ने तयारी गरेका भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध गर्ने तयारी गरेको थियो ।

तर बैठकमै उक्त प्रस्ताव पेस नभएको प्रबक्ता शर्माले जानकारी दिए । विधानअनुसार कांग्रेसमा १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीको व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *