महालक्ष्मी विकास बैंकका ग्राहकलाई लाइफ केयर हेल्थ सेन्टरमा छुट
मकालु खबर
२०७८ मंसिर २३ गते
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र लाइफ केयर हेल्थ सेन्टर बिच सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकलाई लाइफ केयर हेल्थ सेन्टरमा ओपिडी टिकट, ल्याब सेवा, भिडियो एक्स–रे, एक्स–रे सेवा, इको, इसीजी र औषधीमा १० प्रतिशत छुट प्रदान गरिनेछ ।
बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत उक्त सेवामा छुट प्राप्त गर्न सकिनेछ ।
बैंकका लुम्बिनी(महिलवार) शाखा प्रबन्धक निवेदिता गौतम र लाइफ केयर हेल्थ सेन्टरका निर्देशक डा। अस्फाक हुसेनले उक्त सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरू मार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरूप्रदान गर्दै आइरहेको छ ।
मकालु खबर
२०७८ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित