बैंक अफ काठमाण्डूका कार्डवाहकलाई दराजको १२.१२ योजनामा विशेष छुट
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डवाहकले दराजको १२.१२ योजनामा २ हजारसम्म छुट पाउने भएका छन् । आफ्नो कार्डवाहकहरूलाई २ हजारसम्मको विशेष छुटको योजना ल्याएको जनाएको छ ।
जस अन्तर्गत दराजको १२.१२ योजनामा बैंकको कार्डवाहकहरूले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १० प्रतिशत वा अधिकतम २ हजारसम्मको छुट पाउने छन् ।
बैंकको कार्डवाहकले यस योजनाबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम १ हजार सम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम २ हजार सम्म छुटको पाउने छन् ।
यो योजनामा बैंकको कार्डवाहकहरूले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २ हजारसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरू खरिद गर्न सक्ने बैंकले जनाएको छ ।