शेखरले शुरू गरे प्रचार, भने- ‘एकपटक, यसैपटक’
मकालु खबर
२०७८ मंसिर २३ गते
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षबाट सभापतिको आकांक्षी डा. शेखर कोइरालाले प्रचारप्रसार शुरू गरेका छन् । इतर पक्षको साझा उम्मेदवार उठाउनुपर्ने दबाबका बीच शेखरले प्रचारप्रसार शुरू गरेका हुन् ।
आफू कुनै पनि हालतमा पछाडि नहट्ने बताउँदै आएका शेखरले अर्का आकांक्षी प्रकाशमान सिंहले दाबी छाडे आफूले पनि छाड्ने बताएका थिए । तर, सिंहले आफ्नो दाबी कायमै रहेको बताएपछि शेखरले पनि आफूले केन्द्रीय सभापतिको पदमा उम्मेदवार दिने बताएका छन् ।
पौडेल भने सिंह र शेखरबीच सहमति नबन्दा दुखी छन् । उनले बुधबार बसेकाे बैठकमा दिक्क मान्दै सहमति नबने राजनीतिबाटै बिदा हुन्छु भनेका थिए ।
यी तीनैजना नेताहरू बिहीबार बोलाइएको केन्द्रीय समिति बैठकमा गएनन् । साझा उम्मेदवार छान्ने कसरतसहित आपसमा छलफलमा रहेका उनीहरूबीच कुनै खाले सहमति हुन सकेको छैन ।
मकालु खबर
२०७८ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित