सिंहले पनि थाले प्रचार, पर्सि अवधारणापत्र सार्वजनिक गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षबाट सभापति पदको आकांक्षी नेता प्रकाशमान सिंहले पनि प्रचारप्रसार शुरू गरेका छन् । आफू कुनै पनि हालतमा सभापतिको ‘रेस’ बाट पछाडि नहट्ने बताउँदै आएका सिंहले शनिवार बिहान ८ बजे सभापतिको प्रत्यासीका रूपमा अवधारणापत्रसमेत सार्वजनिक गर्दैछन् ।

उनका प्रेस सहयोगी यूपी लामिछानेकाअनुसार सिंहले आफ्नो सम्पर्क कार्यालय, सिंहदरबारअगाडि नै अवधारणापत्र सार्वजनिक गर्दैछन् ।

इतर पक्षबाट एकैजना मात्रै सभापतिको उम्मेदवार उठाउने भनिएपनि अब त्यसको सम्भावना टर्दै गएको नेताहरूले स्वीकार्दै आएका छन् । पार्टीका महामन्त्री शशांक कोइराला सभापतिको दाबीबाट पछाडि हटेका छन् । तर पनि रामचन्द्र पौडेल, सिंह र शेखर कोइरालाबीच कुरा नमिल्दा साझा उम्मेदवारको विषय पेचिलो बनेको हो ।

यसअघि शेखरले पनि प्रचार शुरू गरिसकेका छन् । उनले ‘एकपटक, यसैपटक’ भनेर आफू सभापतिको उम्मेदवारबाट पछाडि नहट्ने अडान लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *