ओमिक्रोन भेरियन्ट : फैलिने छिटो, खतरनाक कम

जोहानेसवर्ग । कोरोना भाइरसको पछिल्लो नयाँ भेरियन्ट ओमिक्रोन अन्य भेरियन्टहरू भन्दा निकै छिटो फैलिने भए पनि यसका लक्षण सामान्य मात्र हुने खुशीको खबर दक्षिण अफ्रिकामा सार्वजनिक भएका पछिल्ला प्रतिवेदनहरूमा जनाइएको छ । अहिलेसम्म ओमिक्रोन भेरियन्ट विश्वका ३८ वटा भन्दा बढी मुलुक र संयुक्त राज्य अ‍ेमरिकाका एक तिहाइ भागमामा देखा परिसकेका छन् ।

हालसम्म गरिएका अध्ययनले पुरा डोज खोप लिइसकेकाहरूलाई केही समयका लागि मात्र ओमिक्रोन संक्रमण हुने जनाएको छ । साथै खोप लगाएका मानिसहरूबाट भन्दा नलगाएकाहरूबाट धेरै मात्रामा यो भेरियन्ट सर्नसक्ने पनि नयाँ अनुसन्धानबाट पत्ता लागेको छ ।

यसैगरी खोप लगाइसकेकाहरूको आफ्नो स्वास्थ्य प्रणालीबाट कोभिड –१९ को भाइरस औसत साढे पाँच दिनमा समाप्त हुनसक्ने तर सोही कुरा खोप नलगाएकाहरूका लागि साढे सात दिन लाग्ने बताइएको छ । चीनको हुवेइ प्रान्तको उहान शहरमा पहिलोपटक देखा परेको कोरोना भाइरस संक्रमणका कारण विश्वमा लाखौं मानिसले अकालमा ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *