रामचन्द्रलाई सर्वसम्मत सभापति बनाउन निधिको प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा १४ औँ महाधिवेशनमा सभापतिका आकाङ्क्षी विमलेन्द्र निधिले कांग्रेसको सभापतिमा रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउन नयाँ प्रस्ताव अघि सारेका छन् ।

१४ औँ महाधिवेशनको उद्घाटन हुने दिन शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रममा निधिले ‘पौडेललाई न्याय पनि हुने र पार्टीमा पनि एकताकाे सन्देश जाने’ भन्दै पौडेललाई सभापतिमा सर्वसम्मत चयन गर्न प्रस्ताव गरेका हुन् ।

निधिले पार्टीभित्र एकताको सन्देश दिन पौडेललाई सभापति बनाउने प्रस्ताव सभापति देउवाले ल्याउनुपर्ने र यसो भए आफू बाधक नहुने तर सर्वसम्मत नभए आफू सभापतिको उम्मेदवार रहने बताएको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

कांग्रेसभित्र वर्षौँदेखि शेरबहादुर देउवा पक्षमा रहेका निधिले यसपटक आफू नै सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *