तस्बिरमा कांग्रेस महाधिवेशन उद्घाटन कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु भएको छ । पटक-पटक कार्यतालिका हेरफेर हुँदै आए पनि अन्ततः आजदेखि महाधिवेशन सुरु भएको हो ।

‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔँ १४औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन कार्यक्रम गर्ने भनिएपनि केही कारणवश ढिलो भएको कांग्रेसले जनाएको छ । २०७२ फागुनमा भएको १३औँ महाधिवेशन पनि काठमाडौँको भृकुटीमण्डपमै भएको थियो ।

महाधिवेशनबाट ४ हजार ७ सय प्रतिनिधिले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछन् । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले चयन गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *