सुरक्षा जाँच बिना कांग्रेस महाधिवेशन स्थलमा प्रवेश गर्न नपाइने

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि सुरु भएको छ ।  काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा  प्रतिनिधिहरू आउने क्रम सुरु भएको छ । कांग्रेस महाधिवेशन स्थलमा प्रवेश गर्नेहरूलाई सुरक्षा जाँच बिना प्रवेश निषेध गरिएको छ ।

भृकुटीमण्डप वरपर सुरक्षाका लागि प्रहरीको बाक्लो उपस्थिति छ। प्रहरीले सहभागीको कडा सुरक्षा चेकजाँच गराएर कार्यक्रम स्थलमा प्रवेश दिइरहेका छन् ।

ट्राफिक व्यवस्थापन सहज पार्न बिहानैदेखि प्रदर्शनी मार्गमा सवारी प्रवेश निषेध गरिएको छ। राष्ट्रिय सभागृहतर्फ र पद्मोदयमोड तर्फबाट अत्यावश्यकबाहेकका सवारीलाई प्रदर्शनी मार्गमा प्रवेश दिइएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *