किन मञ्चमै जङ्गिए देउवा ?

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अहिले काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको छ । कार्यक्रम शुरू हुनुभन्दा केहीबेरअघि महाधिवेशन मञ्चमा पुगेका सभापति शेरबहादुर देउवा एकाएक जङ्गिए ।

विदेशी पाहुनाहरूलाई बसिरहेकाे ठाउँबाट सार्नुपरेपछि देउवा जङ्गिएका हुन् । अगाडि नै मञ्चमा चढेर बसिरहेका भारतीय जनता पार्टी र भारतीय कांग्रेसका नेताहरूलाई सारिएकाे भन्दै देउवा जङ्गिएका हुन् ।

मञ्च नमिलेकाे भन्दै उनी जङ्गिए । ‘कस्ताे मञ्च बनाइयाे याे,’ देउवाले भने, ‘पाहुना सारिरहनुपर्ने ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *