बोहराटारमा जुटेन सहमति, साँझ पुन: छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षमा अझै सहमति जुटेको छैन । साझा उम्मेदवार टुङ्ग्याउने भन्दै शुक्रबार बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलनिवास बोहराटारमा बसेको बैठक निष्कर्षविहीन बन्यो ।

यससँगै बैठक पुनः बस्नुपरेकाे हाे । संस्थापनइतर पक्षमा पौडेलसँगै पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् । उनीहरूबीच काे सभापितकाे उम्मेदवार बन्ने भन्नेबारे सहमित जुटिसकेकाे छैन ।

साझा उम्मेदवार छान्ने करसर गर्दै आएकाे याे पक्ष अझै निष्कर्षमा पुगेकाे छैन । यसपछि बैठक पुनः शुक्रबार साँझ बस्ने एक नेताले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *