लिङ्देनको भाषण गलत हो : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निरङ्कुशताविरुद्ध  लड्नुपर्ने बेला आएको बताएका छन् । बिहीबार कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

आफूभन्दा अगाडि सोही मञ्चबाट बोलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनप्रति इङ्गित गर्दै प्रचण्डले भने, ‘एकजना साथीले भन्नुभयो । नेताहरू आए भने जनताहरूले चोर आयो भन्छन् । यो सत्य होइन, गलत हो । यो केका लागि भनियो । जतिबेला लोकतन्त्रका लागि हामी लड्दैथियौँ । त्यसबेलादेखि नै निरङ्कुशता देखाइकै थियाे । यो अझै जारी छ । यसलाई कमजोर बनाउनुपर्छ ।’

लिङ्देनले हिजाेआज गाउँमा नेताहरूकाे प्रस्थान भए जनताहरूले  ‘चाेर आयाे भन्छन्‘ भनेर भनेका थिए । प्रचण्डले लिङ्देनकाे याे भनाइ गलत रहेकाे औंल्याएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *