शान्तिका लागि पहिलो चिठी मलाई देउवाले लेख्नुभएको हो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा शान्ति प्रक्रियाको सुरुवात हालका कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको बताएका छन् ।

‘लोकतन्त्र र शान्तिका निम्ति शान्ति वार्ताको सुरुवात उहाँले नै गर्नुभएको हो । पहिलो चिठी मलाई उहाँले लेख्नुभएको हो,’ उनले भने, ‘उहाँले पत्र लेखेपछि नै हामी शान्ति प्रक्रियामा अघि बढेका हौँ ।’

उनले कांग्रेसका पूर्वसभापति गिरीजाप्रसाद कोइरालालाई पुनः सम्झिएका छन् । ‘हामी समावेशी लोकतन्त्रको प्रक्रियामा छौँ, यसको साइनो शान्ति प्रक्रियासँग छ । यो महाधिवेशनमा दिवंगत गिरीजाप्रसाद कोइरालालाई स्मरण गर्न चाहान्छु‚’ उनी भन्छन्, ‘हामी दुईले शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि आजको यो अवस्था आएको हो । कांग्रेसका आमनेता कार्यकर्ताहरूसँग शान्ति संविधान र विकासको मिसनलाई दायाँबायाँ हुँदैन भन्ने विश्वास राख्छु ।’

प्रचण्डले देशलाई आवश्यक परेको बेला सबै एक ठाउँमा हुने गरेको बताए । उनले सत्तामा पुगेपछि सबै नेताहरू प्रतिज्ञा र प्रतिबद्धताबाट विचलित हुने गरेको भन्दै सत्तामा पुगेपछि पनि त्याग गर्न सक्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *