धर्मनिरपेक्षता शब्द ठिक होइन : शशांक
मकालु खबर
२०७८ मंसिर २४ गते
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले धर्मनिरपेक्षता शब्द ठिक नभएको बताएका छन् । कांग्रेसको १४औँ महाधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले आफ्नो विचारमा धर्मनिरपेक्षता शब्द ठिक नभएको बताएका हुन् ।
‘मेरो विचारमा धर्म न निरपेक्ष हुन्छ न त सापेक्ष नै‚ धर्म त स्वतन्त्र हुन्छ‚’ उनले भने ।
उनले महाधिवेशनले पार्टीलाई रक्तसञ्चार गराउन, नयाँ तागत दिन र अठोट दिन आयोजना गरिएको भए पनि दुर्भाग्यवश कांग्रेसमा खाली नेतृत्वको बारेमा मात्र कुरा भइरहेकोमा गुनासो गरे ।
पार्टीमा देश विकासको कुरा हुन नसकेको भन्दै उनले देश विकासका लागि हाम्रा शक्तिहरू के के हुन् ? समृद्ध नेपाल बनाउनका लागि नेपालका युवालाई कसरी परिचालन गर्ने ? भन्ने जस्ता कुरामा बहस गर्नुपर्ने कोइरालाले जोड दिए । उनले देशको विकासका लागि कृषिमा बजेट बढाउनुपर्नेसमेत बताए ।
मकालु खबर
२०७८ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित