बिनाधाँधली रूपमा महाधिवेशन टुङ्ग्याउन सिटौलाको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले धाँधलीरहित रूपमा महाधिवेशन टुङ्ग्याउन आह्वान गरेका छन् । कांग्रेसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता सिटौलाले भने, ‘हामी प्रजातान्त्रिक शक्ति हौँ । हामी अहिले पार्टीको १४औं महाधिवेशनमा होमिएका छौँ । यसलाई सफलपूर्वक टुङ्ग्याउँ । बिनाधाँधली रूपमा टुङ्ग्याउँ ।’
नेता सिटौलाले कांग्रेसमा युवाहरूको सहभागिता बढेको भन्दै खुसी साटे । ‘मलाई हिजो मात्रै एकजना बहिनीले दाइ म प्रतिनिधि भएर आएँ भनेर भन्नुभयो । मलाई खुसी लाग्यो,’ सिटौलाले भने, ‘यो खुसीको कुरा हो । अब कांग्रेसमा युवा साथीहरू पनि आउनुपर्छ ।’
यद्यपि युवाहरूले नेतृत्वमा पुग्दैगर्दा अग्रज नेताहरूलाई सम्मान गर्दै चिन्तन गर्नुपर्ने सिटौलाले बताए । ‘अग्रज नेताहरूसँग अनुभव हुन्छ, कला छ, सीप छ । त्यो सबैलाई सम्मान गरेर जानुपर्छ । आफ्नो गन्तव्य ठम्याउनुपर्छ ।’