सहमतिमा नेतृत्व चुनौँ : उपसभापति निधि
मकालु खबर
२०७८ मंसिर २४ गते
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको नेतृत्व सहमतिबाट चुन्न आग्रह गरेका छन् । बिहीबार पार्टीको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै निधिले यस्तो बताएका हुन् । ‘सकिन्छ भने म पार्टीका नेताहरूलाई साथीहरूलाई सर्वसहमतिबाट नेतृत्व चुन्न म आग्रह गर्छु । यदि सकिँदैन भने पनि स्वस्थ प्रतिस्पर्धाबाट जाऔँ ।’
यसअघि निधिले सर्वसम्मतिबाटै नेतृत्व टुङ्ग्याउने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति बनाउन प्रस्ताव गरेका थिए ।
मकालु खबर
२०७८ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित