राजसंस्था फाल्ने पार्टीकै मञ्चबाट राजा माग्दै राप्रपा

काठमाडौँ । २०६२/०६३ को जनआन्दोलन १० बर्से माओवादी जनयुद्धको जगमा थियो । तर‚ जनआन्दोलनमा साथ नेपालका सबैजसो राजनीतिक दलले दिए । यसको प्रमुख एजेन्डा थियो- राजसंस्थाको अन्त्य । राजसंस्था फाल्ने आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेसले त्यसपछि दोस्रोपटक महाधिवेशन गर्दैछ ।

यिनै राजनीतिक दलहरूको आन्दोलनको बलमा राजसंस्था अन्त्य भएपछि ‘साइलेन्ट’ रहेको राप्रपा राजनीतिक अस्थिरताको फाइदा लुट्दै पुनः राजसंस्थाप्रति जनाधार खोजिरहेको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रप्रमुखको रुपमा राजसंस्था ल्याउनुपर्ने भाषण गरेपछि भृकुटीमण्डपमा जम्मा भएका कांग्रेस कार्यकर्ताहरूले समर्थनमा ‘हुटिङ’ गरे ।

लिङ्देनले भने, ‘२०४७ पछि देशमा बनेको कुनै पनि सरकारले कार्यकाल पूरा गर्न सकेन । त्यसपछि नफुटेको कुनै पार्टी भएन । त्रुटी कहाँनेर रह्यो ? कहाँनेर चुक्यौँ ? अब देशमा राष्ट्रप्रमुखको रुपमा राजसंस्था, पूर्ण समानुपातिक संसद्, सोझै जनताबाट निर्वाचित प्रधानमन्त्री र सांसदले मन्त्री हुन नपाउने व्यवस्था लागू गरेर जाऔँ ।’ उनको भाषणमा भुईंबाट पर्रर ताली बज्यो ।

लिङ्देन पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा अध्यक्षमा निर्वाचित भएको मिडियाहरूले लेख्दै आएका छन् । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले समेत आफू पराजित भएपछि पूर्वराजाप्रति कटाक्ष गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *