कांग्रेसलाई जिताउने जिम्मा मेरो भयो‚ सभापतिमा मलाइ जिताइदिनुहोस् : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अब एकपटकका लागि कांग्रेसको सभापतिमा जिताउन कांग्रेसका महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन् ।

१४औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले आफू नेतृत्वको सरकार आउनासाथ नागरिकले डर र त्रासबाट मुक्ति पाएको भन्दै अब यहि सरकारले चुनाव गराउने र कांग्रेसलाई सबै तहमा जिताउने दाबी गरे । उनले आफूलाई जिताउनका लागि पनि आग्रह गरे ।

‘अब गाउँदेखि माथिसम्म आउँदो सरकार कांग्रेसको हुन्छ । त्यो मेरो जिम्मा भयो । त्यसका लागि मलाई एकपटक जिताइदिनुहोस् साथीहरू‚’ देउवाले भने । उनले ओलीको शासनकाल जस्तो नागरिक डर र त्रासमा बस्नु नपर्ने भन्दै त्यो अवस्था आउन नदिन र कांग्रेसलाई तीनै तहमा बहुमत ल्याउन आफूले सभापतिमा जित्नुपर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *