पौडेल पक्षलाई कुर्दाकुर्दै सकियो कांग्रेस बन्द सत्र

काठमाडौँ । नेपाली कांग्रेसको जारी बन्द सत्र समापन भएको छ । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन भएको कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत राति पौने ९ बजेबाट बन्द सत्र सुरु भएको थियो ।

बन्द सत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काद्वारा तयार गरिएको प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिले पेस गरेको प्रतिवेदन पास भएका थिए । प्रतिवेदन पास भएसँगै सभापति शेरबहादुर देउवाले बन्द सत्र समापन गरेका छन् ।

बन्दसत्र अवधिभर संस्थापन इतरका नेताहरुको कुर्सी भने खाली नै रहे । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सभापतिमा साझा उम्मेदवार चयनका लागि भन्दै वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा बसेपछि बन्दसत्रमा उनी पक्षका नेताहरुको उपस्थिति नभएको हो । नेता कृष्णप्रसाद सिटौला पक्ष पनि छलफलमा रहे पछि उनी बन्द सत्रमा उपस्थित भएनन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *