वर्षको अन्तिम सेल अभियान दराज १२.१२ सुरु

काठमाडौं । यस वर्षको ११.११ अभियानको सफलता पछि, नेपालको दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ । उक्त अभियान २४ मंसिरबाट सुरु भएको छ ।

१२.१२ मा दराज उपभोक्ताहरूले विशेष छूट ४ हजार को मेगा भाउचर र बैंक कार्ड मार्फत १० प्रतिशत (अधिकतम २ हजार) सम्मको थप छूट पाउन सक्ने छन् ।

यस अभियानमा सनराइज बैंक, एनएमबि बैंक, बैंक अफ काठमाडौँ, सिटिजन्स बैंक र एभरेस्ट बैंकका कार्ड धारकहरूले क्रेडिट कार्ड मार्फत १० प्रतिशत (अधिकतम २ हजार) र डेबिट कार्ड मार्फत १० प्रतिशत (अधिकतम १ हजार) प्राप्त गर्न सक्ने दराजले जनाएको छ ।

त्यसै गरी, ग्राहकहरूले अभियान अवधिभर आफ्नो ईसेवा र आईएमई–पे वालेट मार्फत भुक्तानी गर्दा सीमित समयभित्र १० प्रतिशत (अधिकतम ५ सय) सम्मको विशेष छुट पनि प्राप्त गर्न सक्नेछन्।

यस वर्षको १२.१२ मा फिलिप्स, सामसंग, लेनोभो, एर्क, लोट्टो, सिजी डिजिटल साथै अन्य धेरैका उत्पादनहरूमा ६० प्रतिशतसम्मको छुट रहेको कम्पनीले जनाएको छ।

यसबाहेक ग्राहकहरूले फ्याशन, इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरू जस्ता विभिन्न वर्गहरूमा फैलिएका १३ लाखभन्दा बढी उत्पादनहरूमा पनि विशेष डिल र अफरहरू पनि प्राप्त गर्न सक्ने दराजले जनाएको छ ।

कम्पनीको अनुसार दराज १२.१२ एक बिक्री–सञ्चालित अभियान मात्र नभई देशभरका आफ्ना सारा ग्राहकहरूलाई वर्षभरिको अपार विश्वास र वफादारीका लागि धन्यवाद व्यक्त गर्ने एउटा माध्यम हो।

“११.११, दराज र यसका सबै साझेदारहरूको लागि एक रेकर्ड–ब्रेकिङ अभियान थियो। हामी यस्तो कीर्तिमान हासिल गर्न पाउँदा हामी धेरै खुसी छौँ। र यो सफलता देशभरका हाम्रा सबै ग्राहकहरूको माया र समर्थन बिना सम्भव हुने थिएन। हामी अब एउटा अन्तिम अभियान – १२.१२ को साथ २०२१ समेट्न चाहन्छौँ। हामी हाम्रा ग्राहकहरूलाई फेरि थप अफरहरू प्रदान गर्न पाउँदा धेरै खुसी छौँ। साँच्चै नै यो धेरै रोमाञ्चक छ।“ दराज नेपालका एमडी लिनो अलरिङ्गले भने ।

अभियानको अतिरिक्त हाई लाइटहरू मध्ये रहेको छ एक खेल एक रुपैयाँको जसमा ग्राहकहरूले केवल एक रुपैयाँमा बालाजीको हिराको टप, एन्या गितार, रियलमि नार्जो, हाई ग्राउन्ड एडभेन्चर जिपलाइन र बन्जी, वर्ल्ड लिङ्क ३०० एमबिपीएसको १२ महिना टिभी र इन्टरनेट जस्ता पुरस्कारहरू जित्ने मौका पाउनेछन् ।

सहभागी हुनको लागि ग्राहकहरूले डेबिट÷क्रेडिट कार्ड वा आईएमई–पे मार्फत रु १ पूर्व–भुक्तानी गर्नुपर्छ। र यदि ग्राहकहरूले नजितेमा, रकम पुरा फिर्ता गरिनेछ।

त्यस्तै, नयाँ दराज प्रयोगकर्ताहरूले १२.१२ मा किनमेल गरे बापत रियलमि ८ स्मार्टफोन जित्ने मौका पनि पाउनेछन । केवल दराजमा साइन अप गरी दराजमा आफ्नो पहिलो अर्डर राखे बापत प्रयोगकर्ताहरू स्मार्टफोन जित्नको लागि योग्य हुने जनाएको छ ।

र १२.१२ मा किनमेल गर्ने ग्राहकहरूले मेगा–गिभवे अन्तर्गत बाल्ट्राको फ्रन्ट लोडिङ १० केजी वाशिङ मेसिन जित्ने मौका पाउने पनि दराजले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *