सुजाता भन्छिन्- समावेशी टीम छ, हामी जित्छौँ

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफूहरूको प्यानलले नै जित्ने दाबी गरेकी छन् । नेता प्रकाशमान सिंहको प्यानलबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराउन लागेकी सुजाताले भनिन्, ‘हाम्रो एकदमै समावेशी टीम छ । यसैले पनि म यता लागेकी हुँ ।’

समावेशी टीमलाई प्रतिनिधि (मतदाता) हरूले पनि त्यही हिसाबले हेर्ने उनको विश्वास छ । जित्नलाई नै उम्मेदवार बन्न लाग्नुभएकाे हाे ? भन्ने मकालुखबरकाे जिज्ञासामा उनले भनिन्— ‘समावेशी टीम भएकै कारणले हाम्रो प्यानलले जित्छ, हामीले जित्छौँ ।

यत्तिबेला संस्थापनइतर छताछुल्ल बनेको छ । इतरको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू सभापतिको ‘रिङ’ बाट बाहिरिएका प्रतिक्रिया दिएका छन् । दुई कोइराला शशांक र शेखरबीच पनि कुरा मिलिरहेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *