कोइराला प्यानलबाट विश्वप्रकाशलाई महामन्त्रीको प्रस्ताव

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मालाई शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको प्रस्ताव गरिएको छ । पार्टीकाे १४ औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनमा रामचन्द्र पौडेल समूहले शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउने भएपछि शर्मालाई महामन्त्रीको प्रस्ताव गरिएको एक नेताले बताए ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले छुट्टै टिम बनाएपछि पौडेल सभापतिमा उम्मेदवारी नदिने भएका छन् । संस्थापन इतरबाट सभापतिमा शेखर कोइराला उम्मेदवार बन्दैछन्  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *