कांग्रेस सभापतिमा प्रकाशमानको उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँको अनामनगरस्थित यलम्बर पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी सिंहले पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् ।

बोलेरमात्र नभई गरेर देखाउन सक्नुपर्ने भन्दै नेता सिंहले तेह्रौँ महाधिवेशनमा सभापति भएर आएका नेताले काम गर्न नसकेको र पार्टी नै झन् कमजोर बनाएकाले त्यसलाई सुदृढ बनाउन आफूले उम्मेदवारी दिने निर्णय गरेको बताए ।

पार्टी सभापतिमा संस्थापन इतरबाट शेखर कोइराला र प्रकाशमान सिंह दुवैले सभापतिका लागि उम्मेदवारी दिने भएपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू राजनीतिको दलदलबाट बाहिरिएको भन्दै सभापतिमा उम्मेदवारी नदिने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *