रामचन्द्रले सभापतिमा उम्मेदवारी नदिने

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति पदमा उम्मेदवारी नदिने भएका छन् । उनले शनिवार विज्ञप्ति जारी गर्दै पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी नदिने बताएका हुन् ।

पार्टीको प्रतिस्पर्धाबाट टाढा रहेपनि राष्ट्रिय राजनीतिको आफ्नो भूमिका भने उस्तै रहने उनले बताएका छन् ।

संस्थापनइतर पक्षमा साझा उम्मेवार छनोटका लागि पहल गरेका उनले पहिले आफ्नै नाममा सहमतिका लागि प्रयास गरेका थिए । पछि सहमति हुने भएमा आफू उम्मेदवारी ‘रेस’ बाट पछाडि हट्ने बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *