माओवादी प्रदेश सम्मेलन : प्रचण्डद्वारा भर्च्यूअल उद्घाटन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन शुरू भएको छ । सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकैपटक भर्च्यूअल उद्घाटन गरेका छन् ।

माओवादीले ७ भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गरी १० प्रदेशको सम्मेलन एकसाथ गर्न लागेको हो ।

प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, बागमतीको काठमाडौँ, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन जारी छ ।

सम्मेलनबाट ९ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *