यस्ताे बन्याे शेखर प्यानल, को-को बने उम्मेदवार (सूचीसहित)

मनाेनयनका लागि जाँदै

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षमा रहेका नेता डा. शेखर कोइरालाले आफ्नाे टीम फाइनल गरेका छन् । सभापतिमा उम्मेदवारी दर्ता गराउन लागेका उनले आफ्नो प्यानलका उम्मेदवारहरूकाे टुङ्गाे लगाएका हुन् ।

शेखरको टिमबाट उपसभापतिमा डा. चन्द्र भण्डारी र धनराज गुरुङ र महामन्त्रीमा डा. मीनेन्द्रप्रसाद रिजाल र गगनकुमार थापा उम्मेदवार बन्ने निश्चित भएको उनी निकट नेताहरुले जानकारी गराएका हुन् ।

यस्तै सहमहामन्त्रीमा देवराज चालिसे, कमला पन्त, विकास लामा, बद्री पाण्डे, जीवन परियार, शेख वकिल, रामकृष्ण यादव र टीएल चाैधरी उम्मेदवार बन्ने तय भएको छ । शेखर आफ्नो टिम र समर्थकहरूसहित वाल्मिकी क्याम्पसबाट उम्मेदवारी मनाेनयका लागि सभागृह जाँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *