सभापतिमा उम्मेदवारी दर्ता गर्न जाँदै निधि

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि कांग्रेस सभापतिको उम्मेदवारी दर्ता गर्न केही बेरमा जाने भएका छन् ।  थापागाउँमा रहेको सम्पर्क कार्यालयबाट केही बेरमा उम्मेदवारी दर्ताका लागि राष्ट्रिय सभागृह जाने तयारी भइरहेको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

निधिसँगै कांग्रेसका पूर्वकेन्द्रीय सदस्य डा. राजाराम कार्की र सुदूरपश्चिम प्रदेश सभा सदस्य दिव्येश्वरी शाहले पनि उपसभापति र महामन्त्रीमा उम्मेदवारी दिने तयारी रहेको र बाँकी प्यानल उम्मेदवारी दर्ता पछि तय हुने दाहालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *