रामचन्द्र पौडेलले महाधिवेशनमा भोट नहाल्ने

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जारी १४औं महाधिवेशनका सबै प्रक्रियबाट अलग हुने भएका छन् । उम्मेदवारी मनोनयन गर्ने दिन विज्ञप्ति निकालेर कुनै पदमा उम्मेदवारी नदिने बताएका पौडेलले मतदान पनि कसैलाई नगर्ने भएका हुन् ।

पौडेलका प्रेस संयोजक खिला कार्कीकाअनुसार पाैडेलले अब कुनै पनि नेतालाई समर्थन गर्ने छैनन् । ‘उहाँ महाधिवेशनका सबै प्रक्रियाबाट अलग हुने हो, त्यो भन्नुको मतलब उहाँले मतदान पनि गर्नुहुन्न ।’ कार्कीले भनेका छन् ।

आफ्नो पक्षबाट एकमात्र उम्मेदवार बनाउन गरेका अनेकौँ प्रयास असफल भएपछि पौडेल असन्तुष्ट भएका छन् । उनले अब आफूले राजनीतिबाट सन्न्यास लिने भन्दै उद्घाटन समारोहमा पनि नजाने बताएका थिए । तर उनीनिकट नेताहरूले सम्झाएपछि उद्घाटन समारोहमा गएका थिए ।

पौडेल पक्षबाट शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको उम्मेदवारी दिने भएका छन् । दुवैजनाले एकले अर्कोलाई नछोड्ने बताएपछि पौडेललाई नै साझा उम्मेदवार बनाउने प्रयास केही नेताहरूले गरेपनि सिंहले आफू कुनै पनि हालतमा सभापतिको उम्मेदवार बन्ने बताएपछि पौडेलको नाममा पनि सहमति जुट्न नसकेको हो ।

सहमति नजुटेपछि पौडेल भावुक भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *