देउवा पनि प्यानल टुङ्ग्याउँदै, कुन कुन पदमा लाग्यो टुङ्गाे ?

काठमाडौँ । नेपाली कांग्रेसका वर्तमान सभापति तथा १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका प्रधान मन्त्री शेरबहादुर देउवा टिम बनाउने आन्तरिक तयारीमा व्यस्त छन् । उनको सचविालयका एक सदस्यले दिएको जानकारीअनुसार सह-महामन्त्रीमा आदिवासी जनजातिबाट भीष्मराज आङदेम्बे, दलितबाट मानबहादुर विक, महिलाबाट डिना उपाध्याय (महालक्ष्मी), मधेशीबाट महेन्द्र यादव, खसआर्यबाट किशोरसिंह राठौर, थारुबाट उमाकान्त चौधरी, मुश्लिमबाट फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट जीवन शाही उम्मेदवार बन्ने लगभग तय भएको हो ।

उनकाअनुसार उपसभापति र महामन्त्रीको नाम पनि केहीबेरमा फाइनल हुनेछ । उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्कालगायतको दाबी छ भने महामन्त्रीमा प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, बालकृष्ण खाँण आकांक्षी छन् ।

देउवाले कृष्णप्रसाद सिटौलासँग सहकार्य गर्दै सिटौला पक्षका प्रदीप पौडेललाई महामन्त्रीको एक उम्मेदवार बनाउने तयारी गरेका छन् । यसो गर्दा देउवा पक्षबाट एकजना मात्र महामन्त्रीको उम्मेदवारमा अटाउनेछन् । देउवा अहिले यसैको गृहकार्य गरिरहेका उनीनिकट नेताहरुले जानकारी दिएका छन् ।

यसअघि नै शेखर काेइरालाले आफ्नाे प्यानल टुङ्ग्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *