खाँण, कार्की र लेखकले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य, खुलाका लागि नेपाली कांग्रेसका नेताहरु बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकले उम्मेदवारी दर्ता गराएका छन् । खाँण हाल गृहमन्त्री, कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री हुन् ।

उनीहरुले केन्द्रीय सदस्य, खुलाका लागि उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता गराउने क्रम सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आगामी कार्यकालको सभापति पदका लागि उम्मेदवारी दर्ता गराईसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *