एमालेको निष्कर्ष- महाधिवेशनले गुटको अन्त्य गर्‍याे

काठमाडौँ । पार्टीको १०औं राष्ट्रिय महाधिवेशनले गुटको अन्त्य गरेको निष्कर्ष नेकपा (एमाले) ले निकालेको छ । शनिवार (आज) काठमाडौँमा शुरू भएको दोस्रो केन्द्रीय कमिटी बैठकले महाधिवेशनबारे समीक्षा गर्दै यस्तो निष्कर्ष निकालेको हो । महाधिवेशनले खासगरी तीनथरी मनोविज्ञानलाई एक बनाउँदै भावनात्मक एकता कायम गरेको एमालेको दाबी छ ।

समीक्षा प्रतिवेदनमा एमालेले तीनथरी मनोविज्ञानहरूलाई महाधिवेशनले एक बनाउने काम गरेको उल्लेख गरेको छ । तत्कालीन नेकपा एकताका क्रममा समावेश भएको माओवादी, नेकपा विभाजनका बेला शुरूदेखि नै नेतृत्वको पक्षमा गोलबन्द भएको मूलधार र १० बुँदे सहमतिपछि क्रियाशील मनोविज्ञानलाई महाधिवेशनले भावनात्मक रूपमा एकताबद्ध गरेको निष्कर्ष एमालेको छ ।

यसैगरी एमालेले विधिसम्मत, स्वस्थ प्रतिस्पर्धा र सहमति तवरबाट नेतृत्व टुङ्ग्याएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *