कांग्रेस महाधिवेशन:

१३४ पदका लागि ५४८ जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिकाअनुसार १३४ पदका लागि ५४८ जना नेताहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसको अब बन्ने केन्द्रीय कार्यसमिति १६७ सदस्यीय हुनेछ । त्यसमध्ये निर्वाचन हुने १३ पदाधिकारीसहित १३४ पदका लागि शनिवार (आज) ५४८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

१ जना सभापतिका लागि ६ नेताले उम्मेदवारी दर्ता गराएका छन् भने २ उपसभापतिका लागि पनि ७ जनाकाे उम्मेदवारी परेको छ । २ महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । यस्तै ८ सह-हमहामन्त्रीमा २० जनाको उम्मेदवार परेको छ ।

केन्द्रीय सदस्यतर्फ:—
⇒ थारु १४ जना
⇒ मधेसी ३२ जना
⇒ आदिवासी जनजाति ८७ जना
⇒ खसआर्य ९३ जना
⇒ दलित ३९ जना
⇒ महिला ३१ जना
⇒ पिछडिएको क्षेत्र २
⇒ अपाङ्गता भएकाहरूका १६
⇒ अल्पसंख्यक ६
⇒ मुस्लिम १६
⇒ खुला १०९ जना

प्रदेशहरूबाट:—
⇒ प्रदेश नं. १ बाट १३
⇒ प्रदेश नं. २ बाट ५
⇒ बागमती प्रदेशबाट ९
⇒ गण्डकी प्रदेशबाट ७
⇒ लुम्बिनी प्रदेशबाट ११
⇒ कर्णाली प्रदेशबाट ७
⇒ सुदूरपश्चिम प्रदेशबाट १२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *