कांग्रेस महाधिवेशन

निर्वाचन समितिले सार्वजनिक गर्‍यो विभिन्न पदमा उम्मेदवारहरूको प्रथम नामावली (सूचीसहित)

काठमाडौँ । कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा पुग्नका लागि ५ सय ४८ जना चुनावी मैदानमा उत्रिएका छन् । सभापतिदेखि केन्द्रीय सदस्यसम्म १ सय ३४ पदका लागि उनीहरूले शनिबार मनोनयन दर्ता गरेका हुन् ।

कांग्रेसको विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री र १ सय २१ सदस्यका लागि भोलि निर्वाचन हुँदै छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सभापतिमा ६ जनाले उम्मेदवारी दिएका छन् । वर्तमान सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पुरै प्यानलसहित उम्मेदवारी दिएका छन् । देउवाले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग समीकरण गरेका छन् ।

उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति प्रकाशमान सिंहले आंशिक टिम बनाएका छन् । केन्द्रीय सदस्य कल्याण गुरुङ र युवराज न्यौपानेले पनि सभापतिमा उम्मेदवारी दिएका छन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले दिएकाे जानकारीअनुसार आज बिहान ११ बजेसम्म उम्मेदवारीफिर्ताको समय छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । भोलि बिहान ८ बजेदेखि मतदान शुरु हुने छ । महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या ४,७४३ रहेको निर्वाचन समितिले जनाएको छ ।

हेर्नुस् उम्मेदवारहरूको प्रथम नामावली :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *