बालबालिकालाई मोडर्ना खोप लगाउने तयारी
मकालु खबर
२०७८ मंसिर २६ गते
काठमाडौँ । हुम्लाका १८ वर्षमुनिका साढे नौ लाख बालबालिकालाई मोडर्ना खोप लगाउने तयारी थालिएको छ । कोरोना महामारीको सम्भावित जोखिम न्यूनीकरणका लागि बालबिालिकाहरुलाई मोडर्ना खोप लगाउन लागिएको हो ।
हाल ९ हजार ६२१ बालबालिकालाई कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालयले हुम्लाले जनाएको छ । सो खोप आगामी पुष ४ गतेदेखि १४ गतेसम्म लगाइने भएको हो ।
उक्त खोप लगाउन जिल्लाका ७ वटा गाउँपालिकामा एक सय वटा खोप केन्द्र तोकिएको छ । यसका लागि एक जना खोपसम्बन्धी दक्षता हासिल गरेका व्यक्ति र गाउँगाउँमा रहेका स्वास्थ्य स्वयंसेविका परिचालन गरिने भएको हो ।
मकालु खबर
२०७८ मंसिर २६ गते
प्रतिक्रिया
सम्बन्धित