प्रतिनिधिलाई आचार्य चिठी:

‘विवेक प्रयाेग गरेर विचार र गुटमध्ये एक राेज्नुस्’

आचार्यले चिठी लेखेर भाेट मागेका हुन्

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा उपसभापति पदका उम्मेदवार महेश आचार्यले चिठी लेखेर महाधिवेशन प्रतिनिधिहरूसँग भोट मागेका छन् । उनले प्रतिनिधिहरूलाई आफ्नो विवेकको प्रयोग गर्न आग्रहसमेत गरेका छन् । ‘मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्ने ? तपाईंको विवेकले उचित निर्णय गर्नेछ,’ आचार्यले चिठीमार्फत भनेका छन् ।

उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । शनिवार उम्मेदवारी दिएका उनले पार्टीभित्र मर्न थालेको नीति र विचारको राजनीतिको लागि आफूले उम्मेदवारी दिएको बताएका छन् । ‘गुटबन्दीको धमिराले खाइराखेको संगठनको शक्तिलाई जोगाउनका लागि मेरो उम्मेदवारी हो,’ आचार्यले भनेका छन्, ‘निष्ठाको राजनीति गर्ने साथीहरूको स्वाभिमानमाथि पैसा र बल प्रयोगको प्रहार रोक्नका लागि हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *