युवराजले लिए उम्मेदवारी फिर्ता, शेखरलाई सघाउने

काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिँदै उनले अर्का सभापतिका प्रत्याशी डा. शेखर कोइरालालाई समर्थन गर्ने बताएका छन् । गोरखा निर्वाचन क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित उनले शनिवार सभापति पदमा उम्मेदवारी दिएका थिए ।

उनले आफूले सिङ्गो राज्यलाई समृद्ध बनाउन उम्मेदवारी दिएको बताए । ‘मेरो उम्मेदवारीको नेपालभरी राम्रो चर्चा चलेको थियो । तर, मैले फिर्ता लिएँ । फुटेर कतै पुगिँदैन,’ उनले भनेका छन् ।

यसपछि कांग्रेसकाे केन्द्रीय सभापतिका लागि चुनाव लड्ने नेताहरूकाे सङ्ख्या ५ मा झरेकाे छ । शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर काेइराला, प्रकाशमान सिंह र कल्याण गुरुङबीच अब प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *