सचेतक भट्टराईसहित ४३ नेता एमाले केन्द्रीय सदस्यमा मनोनीत (सूचीसहित)
मकालु खबर
२०७८ मंसिर २६ गते
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ४३ नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । शनिवारबाट भक्तपुरको जर्मन हाउसमा शुरू भएको दोस्रो केन्द्रीय कमिटीकाे बैठकले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।
केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईसमेत छन् । यस्तै १०औं राष्ट्रिय महाधिवेशनमा पदाधिकारीका आकांक्षी नेता लालबाबु पण्डितसमेत केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
यसैगरी एमालेले सबै जिल्लाहरूबाट मिलाएर सदस्य बनाएकाे छ ।
यी हुन् नवनिर्वाचित केन्द्रीय सदस्यहरू:—
- दल फडेरा
- मानवीर राई
- ऐन महर
- चन्द्रमोहन गौचन
- रतननाथ योगी
- रमेश पौडेल
- पदम गिरी
- सूर्य पाठक
- यज्ञबहादुर बोगटी
- हरि घिमिरे
- युवराज बास्कोटा
- विशाल भट्टराई
- उद्धव रेग्मी
- बद्रि न्यौपाने
- रुपनारायण श्रेष्ठ
- प्रेम दंगला
- हरिकृष्ण व्यञ्जनकार
- सुवास देवकोटा
- भीम केसी
- लालबाबु पण्डित
- इन्दिरा गौतम
- सरस्वती चौधरी
- यमुना रोका
- उमा कोइराला
- कल्पना चापागाईं
- आशा विक
- नैनकला ओझा
- मञ्जु गुरुङ
- विमला अर्याल
- इन्दिरा सञ्जेल
- गीता कार्की
- शान्ति अधिकारी
- रुक्मिणी राना
- सविता याजव
- तारादेवी गुरुङ
- विषमलाल अधिकारी
- रेशम लामा
- दुर्गा प्रसाई.
- गोविन्द दुवाल
- सहदेव बोटी
- बालसिंह काउछा
- कृष्ण केसी
- चन्द्रबहादुर विश्वकर्मा
मकालु खबर
२०७८ मंसिर २६ गते
प्रतिक्रिया
सम्बन्धित