नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा टण्डन
काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन चयन भएका छन् । संघको १६औं वार्षिक साधारण सभाले सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत टण्डनलाई अध्यक्षमा सर्वसम्मत रुपले चयन गरेको हो ।
अध्यक्ष टण्डनको नेतृत्वमा १० सदस्यीय कार्यसमिति चयन भएको छ ।
संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा नेपाल रेमिट ईन्टरनेशनल प्रालिका रितेश मित्तल, महासचिवमा सूर्या रेमिट प्रालिका सञ्जय सिग्देल, सचिवमा ईजिलिङ्क रेमिट्यान्स प्रालिका दिपेन्द्र खनाल र कोषाध्यक्षमा आईपे रेमिट प्रालिका ईन्द्रप्रसाद शर्मा चयन भएका छन् ।
त्यस्तै कार्यसमितिको सदस्यमा क्यास वे मनिट्रान्सफर प्रालिका प्रविन अधिकारी , जिएमई रेमिट प्रालिका दिवाकर पौडेल, एटीटी रेमिट प्रालिका सञ्जिव पाठक चयन भएका छन् ।
त्यस्तै, अध्यक्षबाट मनोनित हुने २ जना सदस्यहरुमा हिमालयन बैंक लिमिटेडकी युमा श्रेष्ठ र प्रभू मनिट्रान्सफर प्रालिका रामेश्वर सापकोटा छन् ।
नवनिर्वाचित अध्यक्ष चन्द्र टण्डनले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दे विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दे लैजाने र सम्पुर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि कामगर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।