रवीन्द्र मिश्रलाई निर्वाचन आयाेगले सोध्यो स्पष्टीकरण

काठमाडाैँ । निर्वाचन आयोगले विवेकशील साझा पार्टी विवादमा अध्यक्ष रवीन्द्र मिश्रलाई स्पष्टीकरण सोधेको छ । मिश्रले किर्ते कागज बुझाएको भनेर निर्वाचन आयोगमा मिलन पाण्डे समूहले हालेको मुद्दामा मिश्रलाई आयोगले स्पष्टीकरण सोधेको हाे ।

गत कात्तिक ११ गते मिश्रले केन्द्रीय कमिटीको जूम बैठक बोलाइ विधान परिवर्तन गरेको र उक्त बैठकको माइन्युटमा किर्ते गरी मिश्र पक्षले निर्वाचन आयोगमा बुझाएको पाण्डे पक्षको आरोप छ । ‘निर्णय अद्यावधिक गर्न विवेकशील साझाले पत्र पठाएकाे थियाे र त्यसलाई आयाेगले अद्यावधिकसमेत गरिसकेकाे थियाे,’ आयाेगका प्रवक्ता शलिग्राम शर्माले भने, ‘त्यसपछि अर्काे पक्षले याे किर्ते काम भयाे भनेर निवेदन नै हालिसकेपछि प्रतिक्रिया लिन खाेजिएकाे हाे ।’

किर्ते माइन्युटलाई नै निर्वाचन आयोगले सदर गरिदिएको भन्दै मिलन पाण्डे पक्षले पुनः निर्वाचन आयोगमा निवेदन दिएको थियो । उक्त निवेदनपछि आयाेगले रवीन्द्र पक्षलाई स्पष्टीकरण सोधेको हो । यद्यपि अहिले मिश्रले पाण्डे समूहसँग छुटिएर नयाँ पार्टीसँग एकीकरण गरिसकेका छन् ।

उक्त पार्टीको नाम पनि ’विवेकशील साझा पार्टी’ नै रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *