कांग्रेस महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडाैँ । कांग्रेसले १४औं महाधिवेशनका पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ । कांग्रेसको निर्वाचन समितिले उम्मेदवारहरूको नामावली प्रकाशन गरेको हो ।

प्रकाशित नामावलीअनुसार १ सभापतिमा का लागि ५, २ उपसभापतिका लागि ७, २ महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।

शनिवार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५५ जनाले मनोनयन फिर्ता लिएका छन् ।

केन्द्रीय सदस्यमा प्रदेश २ का आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल भने निर्विराेध भएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *