देउवा-सिटौला प्यानलमा शशांकको नाम (सूचीसहित)

काठमाडाैँ । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ४७४३ महाधिवेशन प्रतिनिधिले आज मतदान गर्दै छन् । उनीहरूको मतबाट सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।

यही टिमले आगामी तीन तहका निर्वाचनमा कांग्रेसको नेतृत्व गर्नेछ भने पाँच वर्षसम्म नेपाली राजनीतिलाई प्रभावित गर्नेछ । शीर्षस्थ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । तर प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ ।

यसैबीच सभापतिको प्रत्याशीहरूले आफ्नो प्यानलको सूची सार्वजनिक गरिरहेका छन् । बिहान ८ बजेदेखि सुरु हुने मतदानका लागि शेरबहादुर देउवा पक्षले आफ्नो प्यानल सार्वजनिक गरेको छ । प्यानलमा केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएका महामन्त्री शशांक कोइरालाको नाम पनि राखिएको छ ।

यो पनि : शशांक देउवा क्याम्पमा जान ‘सकारात्मक’‚ टीमसँग छलफल गर्दै

यसअघि संस्थापनइतर पक्षबाट आफै सभापतिको उम्मेदवार रहेका शशांक साझा उम्मेदवार तय गर्नका लागि ब्याक भएका थिए । तर, शेखर कोइरालाले टीम बनाउँदा आफूसँग कुनै पनि सल्लाह नगरेकोप्रति उनी असन्तुष्ट बनेको बुझिएको छ । शेखर टीमले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पनि उनी गएका थिएनन् ।

शेखरले उम्मेदवारी दर्ता गर्ने बेला पनि शशांक आएका थिएनन् । यद्यपि शशांक आफै भने कुनै पनि प्यानलमा खुलेका छैनन् ।

देउवा-सिटौला प्यानल यस्तो छ :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *